नियम
विद्युत महसुल र अन्य दस्तुर निर्धारण गर्न दरखास्त दिने
विद्युत वितरण गर्न अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकबाट लिइने विद्युत महसुल र अन्य दस्तुर निर्धारण गराउन देहायका विवरणहरू खुलाइ अनुसूची बमोजिमको ढा“चामा आयोग समक्ष
दरखास्त दिनु पर्नेछः
(क) प्रस्तावित विद्युत महसुल निर्धारण गर्नु पर्ने आधारहरू (ती आधारहरूको औचित्य पुष्टयाई हुने आर्थिक एवं प्राविधिक विश्लेषण सहितको प्रतिवेदन तथा अन्य सम्बन्धित कागजात),
(ख) विद्युत महसुल दरमा परिवर्तन गर्नु पर्ने भए त्यसको आधारहरू (ती आधारहरूको औचित्य पुष्टयाई हुने आर्थिक एवं प्राविधिक विश्लेषण  सहितको प्रतिवेदन तथा अन्य सम्बन्धित कागजात),
(ग) साविकमा लिई आएको विद्युत महसुल, प्रस्तावित वा परिवर्तित विद्युत महसुल स्पष्ट देखिने सूची (गार्हस्थ, व्यापारिक, औद्योगिक तथा अन्य प्रयोजनको लागि विद्युत प्रयोग गर्ने ग्राहकहरूलाई लगाउन खोजिएको विद्युत महसुल र प्रस्तावित परिवर्तनको प्रतिशत),
(घ) अनुमतिपत्र प्राप्त व्यक्तिले वित्तीय संस्थाहरूसित सहमती जनाएको वित्तीय शर्त (फाइनान्सियल कोभनेण्टेस्) जस्ता अन्य सम्बद्ध कुराहरू ।